5
(9)

अबिबाहित कलाकार दीपाश्री निरौला माइतीकै कौसीमा पर्खीदै बसेको भएर “कति बस्छयौ माइतीकै कौसीमा” बोलको गीत दशकौ अघि राम थापाको स्वरमा आएको हो कि भनी केदार घिमिरे(माग्ने बुढा)ले ठटयौली गरेका थिए ।

सो कुरा “कति बस्छयौ माइतीकै कौसीमा” गीतको नया भर्सन हिमाल श्रेष्ठ र अन्जु पन्तको स्वरमा सार्वजनिक कार्यक्रममा पछिल्लो साता माग्ने बुढाले बताएका थिए ।

केदार घिमिरे र दीपाश्रीको जोड़ी पछिल्लो समय अक्सर चलचित्र देखी गीतहरूमा देखिने क्रम बढ़ेको छ। यो गीतमा बुद्दी तामाङ र निर्मल शर्मा लगायत अन्य कलाकारहरूको समेत अभिनय रहेको छ।

दोश्रो सातामा दश लाख पटक यूटूब चैनल “म्यूज़िक नेपाल”मा हेरीएर चर्चामा रहेको यस गीतमा छक्का पंजा टीमको निर्देशन रहेको छ। मुरारी प्रसाद लामिछानेको शब्द संगीतमा रहेको पुरानो यस गीतमा हाल भीम बिष्टले शब्द संगीतमा थप परिमार्जन गरेका छन।

“तपाइहरुलाई थाहा छ मलाइ नाच्न आउदैन , यो गीतमा हल्लिने प्रयास गरेको छु । श्रदेय राम थापा दाजुको गीतमा देखिन पाउनु म जस्ता भुइँ मान्छेको लागि ठुलो भाग्य हो भन्ने ठानेको छु ।”

माग्ने बुढ़ा गीतबारे यूटूबमा प्रतिक्रिया दिदै

Average rating 5 / 5. Vote count: 9

No votes so far! Be the first to rate this post.