यो साता सार्वजनिक “तिमी तारे भीर, म त लहरा” बोलको गीतको मेल भर्सन केही दिनमै दश लाख माथि यूटूबमा हेरीएर चर्चाको केन्द्रमा रहेको छ।
गायक रेवत राईको पहिलो चर्चित यस गीतमा अभिनेता दयाहाँङ राई र मिरुना मगरको जोड़ीको उत्कृष्ट अभिनय रहेको छ। किरण चाम्लींङको निर्देशनमा आएको यो गीत गायक रेवत राईको यूटूब चैनलबाट सार्वजनिक गरीएको हो।
श्रवण मुकारुँङको मन छुने शब्द, शान्तिराम राईको संगीत रहेको यो गीतको पहिलो भर्सनमा पबित्रा सुब्बाको स्वर रहेको थियो।
“तिमी तारे भीर म त लहरा, तिमी मै म लहराउछु तिमी सहारा
तिम्रो आँखा आँखा मेरो खेल्ने आगन… तिमी भित्र भित्रै मेरा जुनतारा छन
ईस्यालु आँखा बगाउछन छहरा, तिमी मै म लहराउछु तिमी सहारा
तिमी बाहेक मेरो अर्को संसार छैन, तिमी बिना मैले बाच्नु सार छैन
अरुलाई त कहाली मलाई त पहरा, तिमी मै लहराउछु तिमी सहारा”
पबित्रा सुब्बाको स्वरमा यस अघि आएको "तिमी तारे भीर, म त लहरा"