5
(1)

चर्चित गायक प्रकाश सपूतले आफ्नो पछिल्लो गीतले छोटों समयमा पाएको सफलतासंगै विबादको घेरामा परेको सातौ दिनमा करोड़ क्लबमा पुगेसंगै गीतलाई कथा निर्माण प्रक्रियासंग बुझ्न भनेका छन।

फ़ेसबुकमा उनले रात्रिकालीन मनोरंजन ब्यवसायी संघको नाममा अमेरिकाबाट लेखेका छन ” यसलाई कथा वा कला सामग्री को रुपमा बुझिदिनु होला । यदि रात्राकालीन मनोरन्जन व्यवसायी (दोहोरी साझ) हुदैनथ्यो भने म एउटा कलाकारको रुपमा स्थापित हुदैन थिए । “

उनले फ़ेसबुकमा गीतले बिषय बस्तु उठान गरेकोले चोट पुग्ने सबै प्रति क्षमा मागेका छन।

उनको सम्बोधन यस प्रकार रहेको छ :

धेरैले गित सुनेर, हेरेर, टिकटक बनाएर मनोरञ्जन लिनुभएको छ ।केहिले यसको विषयवस्तुलाई गम्भिर रुपमा मनन गर्नु भएको छ र हामीलाई धन्यबाद दिनु भएको छ । अलिकतिले चाहि यसका केहि कमजोरीहरु औल्याउनु भएको छ । यति धेरै माया, प्रसंसा र खबरदारी गरेर एउटा सिर्जनामा तपाईहरुको सहभागिता साच्चिकै म्याजिकल छ ।अमुल्य छ । सबैखाले प्रतिक्रियालाई मनन गरेको छु । माया र प्रसंसाले हौसला मिलेको छ भने खबरदारीले सचेत गराएको छ । तपाईहरु सप्पैलाई एकमुष्ट रुपमा धन्यबाद मात्रै दिए पुग्छ कि जस्तो लाग्यो है 🙏😍🇳🇵

तर आधिकारिक संस्थाले प्रेस विज्ञप्ति नै निकाल्नु भएकाले यो विषयलाई चाहि सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो..

श्री अध्यक्ष ज्यु !

रात्रिकालीन मनोरन्जन व्यवसायि संघ , काठमाण्डौ ।

पछिल्लो गित “ सकम्बरी” ले उठाउन खोजेको महिला यौन हिंसा को विषय गम्भिर र साझा विषय हो । यो सबै क्षेत्र मा छ ।अझ भनौ विश्वव्यापि छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वभाविक हो । र कुनै अर्को क्षेत्रमा छदैछैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभुमी तयार गर्दा रात्रीकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्री को रुपमा बुझिदिनु होला । यदि रात्राकालीन मनोरन्जन व्यवसायी (दोहोरी साझ) हुदैनथ्यो भने म एउटा कलाकारको रुपमा स्थापित हुदैन थिए । म सधै रिणि छु । आभारी छु । र साथै ईमान्दारीताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुदैन्थ्यो भने “ सकम्बरीको “ कथा पनि म संग हुदैनथ्यो । गित र भिडियो लाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरु आएपछि म शुरुमा अलिकति झस्किए । तर अहिले म ख़ुशी छु । तपाईहरु रात्रीकालीन मनोरञ्जन व्यवसायलाइ व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । ५ वर्ष साझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरुको सामना गरेको छु । तर त्यहि बाट म जस्तै थुप्रैले आफ्नो जिवनको लय भेटायौ र अगाडि बढ्यौ । त्यसैले समग्रमा क्षेत्र राम्रो / नराम्रो भन्दा पनि हामी भित्रपनि राम्रा / नराम्रा पक्ष र प्रवृति छन त्यसमाथी बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन भंयकर पक्षपात छ । ठुलो समस्या छ । यसरी समस्या सबै तिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने , रोज़गार सिर्जना गर्ने, आर्थिक रुपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो । यसमा अझै धेरै भुमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौ त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन। त्यसैले यो देशकै समस्या हो ।

खैर, मेरो सृजनाले प्रत्यक्ष / अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ , अपमानजनक महशुस भएको छ सबै संग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफु अग्लिनु छदै छैन, कसैलाई असफल बनाएर आफु सफल हुनु छदै छैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुदै होईन । म पनि यहि समाज र परिवेशको उत्पादन हु । मेरो चेतना पनि यहि निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । छ । तर सकिनसकि/ जानिनजानि गर्न खोजेको चाहि समाजका अध्यारा कथाहरु देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रीकालीन मनोरन्जन व्यवसाय मात्रै होईन देशका सबै क्षेत्रलाई , सबै अंगलाई मर्यादित बनाउन , सफल र समृद्ध बनाउन तपाई हामी सबैको भुमिका उत्तिकै महत्वपुर्ण छ ।

बाकि, म फर्किएपछि दोहोरी साझमा बसेर समिक्षा गरौला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउला म.. कुनै मिठो भाका छान्दै गर्नु होला । धन्यबाद !

प्रकाश सपुत

अमेरीकाबाट

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.