0
(0)

कहिल्यै हार नमान्ने मेरो देशको बोलमा राष्ट्रिय भावना मिसाउदै १६ जना कलाकारको स्वरमा “मेरो देश नेपाल “ गीत आज सार्बजनिक भयों । कलाकारहरू प्रमोद खरेल, राजेश पायल राई, समीक्षा अधिकारी, मेलिना राई, नेपाल आइडलबाट उदाएका चर्चित गायक गायिकाहरू बुद्द लामा, निशान भट्टराई, अस्मिता अधिकारी, प्रबिन बेडवाल र अन्य चर्चित स्वरहरू सम्मिलित छन । अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीतमा रहेको यो गीतको सुरुमा भूषण दाहालले भूमिका बाधेका छन ।

अनिता चलाउनेको प्रस्तुति र बिधान कार्कीको निर्देशनमा रहेको गीतले अहिले कोरोना महामारी लगायत देशको कठिन परिस्थितिको समेत चर्चा गरेको छ । ३ लाख नजिक भ्यूज पुगेको यो गीतलाई सबैको माया पाउने आशा लिएको प्रस्तुतक़र्ता अनिता चलाउनेले यूटूबमा उल्लेख गर्नु भएको छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.