5
(2)

पल शाह अभिनित “बिच्च बिच्चमा” बोलको गीतको पाचौ भाग आज सार्वजनिक भएसंगै चर्चामा छ।

दुर्गेश थापाको स्वर तथा अभिनय समेत रहेको यो गीतमा यसपाली त नाच दिदी/बहिनी कोठा कोठामा भनी कोरोनाबारे सचेत गराईएको छ। यस अघि परार बिच्च बिच्चमा देखी पोहोर छेउ छेउमा समेत नाचेकोले अब कोरोनाकाल थप भएकोले तीज मनाउन कोठाको पालो आए जस्तो छ।

बसन्त थापाको समेत स्वर रहेको यो गीतको भिडियोको निर्देशन काज़िश श्रेष्ठले गरेका हुन।

आजै यूटूबमा चार लाख पटक हेरीएको यो गीत तीज नजिकीएको बेला निकै मन पराइने देखीएको छ।

तीजको गीत नगाउन गरेको केहीले ड़ाहा गरेपनि दिदी/बहिनीले आफूलाई खोजेको दुर्गेशले गीतमा उल्लेख गरेका छन। दुर्गेशले गीतमा दर भनेर दारू खाएको बिषयमा समेत ब्यंग्य गर्न बाक़ी राखेका छैनन्।

“हेर तिमीलाई संस्कार अनि संस्कृतिले सराप्छ,

दर भनेर दारू खान्छौ कसको नियत खराब छ “

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.