0
(0)

आगामी साउन १ गते (जुलाई १७) देखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘गौथली’ को मर्मस्पर्शी गीत ‘आँखा भरी आँसु’ सार्वजनिक भएको छ।

डा. भोला रिजालको मार्मिक शब्द, थानेश्वर गौतमको संगीत तथा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको यस गीतले देशप्रेम र पारिवारिक बिछोडको गहिरो भावनात्मक कथा बोकेको छ। ओएसआर डिजिटलमार्फत रिलिज भएको यस म्युजिक भिडियोमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र नवकलाकार सिमरन खड्काको अभिनय छ।

गीतको केही अंशहरू:

  • “आँखा भरी आँसु, मनमा पिरती…”
  • “देशको मायाले टाढा हुँदा, कसरी काटौँ दिन…”
  • “यो मेरो गौथली, फर्की आउला नि…”

युट्युबमा ५ लाख भन्दा बढी भ्युज बटुल्दै यो गीत चर्चामा छ। डा. कपिल रिजाल निर्देशित यस चलचित्रलाई साउनको प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply