5
(1)

के फाटेको छैन र हाम्रो देशमा ? भन्ने प्रश्नको जवाफ सहित आएको प्रकाश सपूतको पछिल्लो सार्वजनिक गीत “जाले रूमाल फाट्यो” अहिले दर्शकको मन पराईमा अग्रपंक्तिमा रहेको छ।

प्रकाश सपूतको “कुरा बु्झ्न पर्च” गीतको दोश्रों भाग रहेको “जाले रूमाल फाट्यो” गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने अभिनयमा चर्चित नायिकाद्वय स्वस्तिमा खड़का र आचल शर्माको साथ प्रकाश र गौरव पहारी छन।

प्रकाश सपूतका प्राय सबै गीत संदेशमूलक भए पनि बिवादमा आउने गरेका छन्। उनले समाज बदल्ने जोखिम समेत गीतमा उठाउछन जून सबैको लागि रुचिकर हुदैन पनि। जातीय भेदभाव लगायत हरेक भेदभाव अन्त्यको लागि प्रभावकारी कानूनको आवश्यकता ”जाले रूमाल फाट्यो” गीतमा रहेको संदर्भमा प्रकाशले फ़ेसबुकमा लेखेका छन-

“राजनितिक संस्कार फाटेको छ, वैचारिक मुल्य फाटेको छ । विभेदले आत्मसम्मान फाटेको छ ! विभिन्न बहानामा समाज फाटेको छ। धर्म, जातजातिको नाममा सदभाव फाटेको छ। अभावले सपनाहरु फाटेको छ ! महँगीले खल्ती फाटेको छ ! रोज़गार नहुँदा भविष्य फाटेको छ ! परदेशले परिवार फाटेको छ र सबैभन्दा डर लाग्दो त न्याय फाटेको छ । यसपाली हामीले एउटा फाटेको जाले रुमाल ले हाम्रो कानुनलाई नफाट्ने गरी बाँध्न खोजेको छौँ । आउनुस, कानुनलाई फाटन नदिउँ, न्यायलाई मर्न नदिउँ।”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.