चर्चित युवा गायक तथा संगीतकार याबेश थापाको एल्बम ‘घामछाया’ मा समावेश बहुप्रतीक्षित गीत ‘हेराई बसाई’ को नयाँ ‘एक्सटेन्डेड भर्सन’ आधिकारिक भिजुअलाइजर सहित युट्युबमा रिलिज गरिएको छ। यसअघिको संस्करण छोटो भएको गुनासो आएपछि प्रशंसकहरूको आग्रहमा गीतलाई लामो बनाएर नयाँ जीवन दिइएको हो।
यस विशेष भिडियोको निर्माणमा संसारभरका प्रशंसकहरूले आ-आफ्नो प्रिय मान्छे, स्थान र घरपालुवा जनावरका क्लिपहररू पठाएर सहयोग गरेका छन्, जसले गर्दा भिडियो निकै आत्मीय बनेको छ। याबेश आफैँले लेखेको, कम्पोज गरेको र गाएको यस रोमान्टिक गीतलाई उनी र एसएनजेभीले संयुक्त रूपमा निर्माण गरेका हुन्। मुटु छुने शब्द र सुमधुर धुनले सजिएको यो गीतले रिलिज हुनासाथ संगीतप्रेमी नेपाली युवाहरूको मन जित्दै युट्युब र स्पोटिफाईमा राम्रो चर्चा कमाउन सफल भएको छ।

Add comment