5
(1)

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा “यस्तो माया” बोलको गीत यो साता चर्चामा छ।

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा पछिल्लो समय आएका “फूलबुट्टे सारी” देखी “टाढा भएपनि” बोलका गीतहरुले एक पछि अर्कों यूटूबमा रेकर्डहरु तोड़ीरहेका छन।

यसै क्रममा पछिल्लो दुई गीतमा देखीएका पल शाहको अभिनय यसमा पनि छ। तर मलिका महतसंग पलको जोडी यहाँ टुटेको छ र अर्की जोडीको रूपमा उषा उप्रेती गासीएकी छन।

सार्वजनिक भएको तेश्रो दिन यूटूबमा आठ लाख पुगेको यो गीतको म्यूज़िक भिंडियोंको बिधान कार्कीले निर्देशन गरेका हुन।

अर्कों रोचक कुरा “टाढा भएपनि” बोलको गीतमा नेपाल आइडलबाट चर्चामा आएकी अश्मिता अधिकारीको स्वर रहेको थियो भने यो गीतमा पनि नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासको स्वर रहेको छ। साथमा बेनिषा पौडेलको स्वर रहेको यो गीतमा निशा शर्मा अर्यालको शब्द र दीपक शर्माको संगीत रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.