5
(52)

हरेक गीतमा चर्चाको बहार ल्याउने गायिका बिष्णु माँझीको अर्को लोकप्रिय गीत “दशै तिहार आईसक्यो” हालै सार्वजनिक भएको छ। दोश्रो दिनमै दश लाख माथि हेरीएको यो गीतले परदेशीलाई दशै तिहार आईसक्यो, झल्को लाई सक्यो भनी फर्कन अनुरोध गरेको छ।

उनको एक महीना अगाडी तीजको समयमा सार्वजनिक गीत “चरी जेलैमा” दुई करोड़ माथि यूटूबमा हेरीएर चर्चामा यथावत रहेको छ।

“दशैं तिहार आइसक्यो” बोलको यस गीतमा सुन्दरमणि अधिकारीको शब्द र संगीतका साथ निर्देशन र निर्माण समेत रहेको छ।

गीत छनौटबारे सुन्दरमणिले यूटूबमा लेखेका छन्- ” भनिन्छ, लोक गीत – गीत संगीत को जननी अनि समाजको दर्पण पनि, तिनै लोक गीत जन्माउने र गुनगुनाउने अग्रजहरुका छन्दात्मक शैलीहरूको मधुरशमा लट्ठ पर्दै र मेरो अन्तरहृदयको भावना संग आँख मिचोली खेल्दै मैले यो गीत तयार परेको हु | तसर्थ तिनै अनन्त अनि कालजयी शैलीहरु जन्माउने सबै अग्रजहरु प्रति कोटी कोटी नमन !”

सार्वजनिक जीवन र मिडियामा लामों समय नदेखीएकी गायिकालाई हालै नेपाल सरकारले पदक दिने घोषणा गरेको छ। एक शुभेच्छुक हिमेश तिमिल्सिनाले यूटूबमा प्रतिक्रियामा लेखेका छन् “साच्चै विष्णु माझी नेपाली लोकगीतकी रानी हुन्।एक पटक सार्वजनिक भएर ३ करोड नेपालीको मनको इच्छा पुरा गर्दिनु होला।”

अहिलेका पुस्ताका चर्चित लोक गायक अर्जुन सापकोटाले यो गीतबाट प्रभावित भएर यूटूबमा प्रतिक्रियामा लेखेका छन्- “अरे वा ! कति मिठो”

Average rating 5 / 5. Vote count: 52

No votes so far! Be the first to rate this post.