5
(1)

पछिल्लो नेपाल आइडल विजेता सज्जा चौलागाईका साथमा आइडल सीजन-२ का दोश्रो उत्कृष्ट गायक बिक्रम बरालको स्वरमा “गल्ती” बोलको गीतको दोश्रो भाग यसै साता सार्वजनिक भएपछि चर्चामा आएको छ।

चर्चित कार्यक्रम प्रस्तोता एवम् मोडल सूरज सिंह ठकुरीको साथ रेश्मा घिमिरे अभिनित यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन निकेश खड़काले गरेका छन।

सूरज र रेश्मा बिचको वैवाहिक जीवनमा भएका साना गल्तीहरुको असर बारे म्यूज़िक भिंडियोंमा देखाईएको छ।

प्रदीप चापागाईंको शब्द र कल्याण सिंहको संगीत रहेको यो गीत एक सातामा चार लाख माथि यूटूबमा हेरीएको छ।

बिक्रम बरालको स्वरमा “गल्ती” बोलको गीतको पहिलो भाग दुई बर्ष अगाडी सार्वजनिक भएको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.