5
(1)

केही महीना अगाडी “मिलेन तेरो लेभल तेरो बाऊ बोला ए ” भन्ने र्याप गीतबाट एकाएक युवापुस्ता माझ चर्चामा आएका जीबब अर्थात सुदीप भण्डारीको स्वर नया वर्षमा सार्वजनिक हुने वहुप्रतीक्षित चलचित्र “ये मेरो हजुर-४” मा आउने भएको छ। तर यसमा भने जिबबले “मिलेन लेभल तेरो आमा बोला जा” भनेर गाउनेछन।

सुपरस्टार अनमोल केसी , सुहाना थापा अभिनित “ये मेरो हजुर-४” चलचित्रमा पल शाह विवाद प्रकरणमा मुछिएपछि दुर्गेश थापाको स्वरको गीत हटाएर जीबबको स्वरमा गीत रेकर्ड गरीएको छ।

भर्खरै सार्वजनिक “भाग भाग न दे अब धेरै धाक” बोल रहेको यस गीतको केही अंश बुढ़ासुब्बा डिजिटल यूटूब चैनलमा आएको छ। पूरा गीत हेर्न भने हलमैं जानुपर्ने बताईएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.