5
(3)
बिवादित दृश्य हटाएर अपलोड गरीएको गीत ‘पिर’ को भिंडियों

जनयूद्धका योद्धाहरुको अवस्थाबारे चर्चित गायक प्रकाश सपूतले “पिर” बोलको गीत भर्खरै सार्वजनिक गरेका छन। प्रकाश र सम्झना भण्डारीको स्वर रहेको यो गीतमा नायिका सुरक्षा पन्त, लोकेंद्र लेखक, केशु पून, पुष्पा अवस्थी, बिशाल घिमिरेको अभिनय शशक्त रहेको छ।

ठूलो परिवर्तन त भयो तर जनयूद्धमा खटिएका योद्धाहरुको जीवन यापनमा केही सुधार नभएकोबारे गीतमा दर्शाइएको छ। सबै यूद्ध लडेकाहरुको भविष्यको लागि केही किन सोचिएन? आख़िर ति यूद्ध लडेर आएका सिपाहीहरुको मलिन अनुहारले नेपाल आमा खुसी होलिन त? देश भनेको के हो? यि प्रश्नहरुको गहिरो उत्तर खोज्न योद्धाहरुको पिर पोखेका छन गीतमा प्रकाशले।

“तिम्रो मायाले मलाई पिर दियो

कमलो मुटु, कमलो छाति चिर्दियो

तिम्रो मयाले मलाइ पिर दियो।अइया अइया ।।”

प्रकाश सपूतको शब्दमा “पिर” गीतको एक हरफ़

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.