5
(1)

नेपाली चलचित्र जगतका महानायक राजेश हमाल भर्खरै सार्वजनिक भएको “मन्जरी” बोलको लोक गीतमा देखीएका छन। सो गीत यूटूबमा २ दिनमा सात लाख भ्यूज पुगी चर्चामा छ।

फ़िल्मी क्षेत्रबाट धेरै कलाकारहरुलाई अहिले चलचित्र उत्पादन लगभग सुन्य रहेको अवस्थामा गीतहरुमा देखिनु त सामान्य भएको छ। तर महानायक नै म्यूज़िक भिंडियोंमा आउनुले पनि राम्रो संकेत गरेको हो कि?! यूटूबमा आएका गीतहरुले व्यापार यस्तो लकड़ाउनको समयमा पनि कसरी गरे? यूटूबको रोयल्टीले सबै धान्न सक्ला? जे होस, चलचित्रका चर्चित अभिनेता, अभिनेत्रीलाई देखेपछि फ़िल्म हेर्ने लत पनि कम होला नि दर्शकहरुको!

“मन्जरी” बोलको यस लोक गीतमा देवी घर्तीको स्वर र प्रकाश पराजुलीको स्वर एवं संगीत छ भने नवराज पन्तको शब्द रहेको छ। म्यूजिक भिंडियोंमा राजेश हमालको साथमा वर्षा सिवाकोटी र प्रकाश सपूतले अभिनयमा साथ दिएका छन भने निर्देशन देवेन्द्र बब्लुले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.