लोकप्रिय गायिका तृष्णा गुरुङको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘हिमाली भेगमा’ सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानलमार्फत प्रिमियर गरिएको यस गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ। गीतको शब्द र संगीत स्वयं तृष्णा गुरुङ र सन्नी सुनामले तयार पारेका हुन् भने संगीत संयोजन बिजु कर्माचार्यले गरेका छन्।
हिमाली क्षेत्रको सुन्दरता र प्रेमको गहिराइलाई समेटिएको यस गीतमा माया, दुरी र दुई आत्माबीचको भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा मनाङका रमणीय दृश्यहरूलाई कैद गरिएको छ, जसले गीतको भावलाई अझै उचाई दिएको छ।
