0
(0)

निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बनेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘कार्की साइँला’ आगामी असोज २, २०८३ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुने भएको छ। मुभिज डिजिटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा जितु नेपाल, प्रियना आचार्य, सुशिल पोखरेल, र मन्सी शर्मा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

केही समयअघि सार्वजनिक गरिएको यसै फिल्मको ‘लग्यौ प्राण’ लगायतका कर्णप्रिय गीतहरूले दर्शकबाट उच्च प्रशंसा बटुलिसकेका छन्। डम्बर राईको कथा र ग्रामीण परिवेशमा आधारित रहेर तयार पारिएको यस चलचित्रले दर्शकलाई मौलिक नेपाली संस्कृति र स्वाद प्रदान गर्ने अपेक्षा गरिएको छ। क्युबर सिने डिस्ट्रिब्युसनद्वारा सम्पूर्ण नेपालमा वितरण हुने यस चलचित्रलाई लिएर अहिले चलचित्रकर्मी र दर्शकहरूमा व्यापक उत्साह छाएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply