5
(4)

प्रफुल्ल भण्डारी, धरान। आधारभुत स्वास्थ्य केन्द्र, धरान-१३ मा चलिरहेको डेङ्गु रोगको निशुल्क परिक्षण र औषधिको लागी श्री पब्लिक मा बि फुस्रेका शिक्षक तथा कर्मचारीबाट दश हजार एक सय रूपिया सहयोग गरेको छ। धरानमा फैलिएको डेङ्गु रोग हाल सम्म नियंत्रणमा नआइ सकेकोले प्रभावकारी कदमहरु चाल्न नगरपालिकाले समेत पहल गरीरहेको छ।
यस अघि श्रावण तेश्रो साता सो बिधालयको पहलमा डेङगु रोग बिरूद्द खोज र निर्मूल( सर्च एण्ड डिस्ट्रोय) एकदिने अभियान सम्पन्न गरेको थियो।

लामखुट्टे बसोबास गर्ने क्षेत्रमा औषधि छर्ने ( फगिङ) भन्दा पनि खोज र निर्मूल (सर्च एण्ड डिस्ट्रोय) प्रक्रिया नै दिगो र प्रभावकारी हुने अनुसन्धानहरुले देखाएको छ।

धरान उपमहानगर पालिकाको आव्हानमा धरानका अधिकांश सामुदायिक तथा संस्थापक बिद्यालयहरुबाट एकै समयमा डेङगुको सर्च एण्ड डिस्ट्रोय अभियान चलाईएको थियो।

एडिस जातको लामखुट्टेले डेङगु सार्ने भएकोले सो को लार्भा नस्ट गर्न तथा यो लामखुट्टे सफा पानीमा बस्ने भएकोले पनि सो बिरूद्द सचेतना अभियान सहितको कार्यक्रम गरिएको थियो।

विभिन्न बालक्लव, ईको क्लव, स्काउट जुनियर रेडक्रस लगायत शिक्षक कर्मचारी हरूको उल्लेख्य सहभागीता थियो। स्कूल परिसर भित्र र बाहिर क्षेत्रमा समेत सर्च एण्ड डिस्ट्रोय अभियान भएको थियो ।

Average rating 5 / 5. Vote count: 4

No votes so far! Be the first to rate this post.