5
(1)

क्लबहाउसमा मेरो पहिलो अनुभव!

आयुष शमशेर, प्रोफाइल पिक्चर राजेश हमाल, स्वर मेरो (कुशल आचार्य- नाम परिवर्तन) आफ्नै, यही हुलिया हो मेरो क्लबहाउसमा ।

आफूलाई अनअर्थोडक्स भन्न रुचाउने म अस्ति प्रदिप भाइले इन्भाईंट गरेपछी क्लब हाउस जोईन गरेँ । रक्सी खाएको बेला एकजना मात्र साथीलाई पोखेको मेरो ब्रेकअपको कथा क्लबहाउसको एल डी आर – Long Distance Relationship रुमबाट सार्वजनिक गरिदिएँ ।

भलै आयूषको ब्रेकअप नभई मेरै भए पनि रुमका members हरूबाट आयूषले राम्रै सान्तवना पायो। म आफ्नो पिडा विर्सदै म भित्रको आयूषले सोही रुममा प्रश्न गर्छ – केटीहरूलाई कसरी पट्याउने (उसले कसरी प्रभावित पार्ने भन्न सक्थ्यो तर भनेन) ।

एल डी आर रुमका girl speakers हरुले केही सुझाव दिनुभयो जुन मैले पहिले नै ट्राई गरिसकेको थिएँ ।

सोही प्रश्नमा अंग्रेजी सौखिन प्रदिप भाई (उर्फ Ranveer shumsher) जोडछ- I was rejected by a girl, and she said- “Pradip, you are funny but do you know – girls like arrogant boys”. एल डी आर रुमका girl speakers हरु यो विषयमा भने पक्ष विपक्षमा बाँडिनुभयो ।

निचोड एउटै रह्यो – Boyfriend should be bad boy and husband should be gentle man.

त्यसपछि अर्को रुममा छिरियो, जहाँ मोडरेटर इन्डियन थियो तर हरिवंश नकाबधारी नेपालीहरु भने Buddha was born in Nepal भन्दै आवाज उठाउँदै थिए । त्यस दिन राती १ बजे सम्म क्लबबहाउसमा व्यस्त भएँ म ।

आज बिहान विवेकशील नेपाली क्लब हाउस रुममा छिरेँ जहाँ सधैं जस्तो आदर्शवादी गफ नै हुदैँ थियो । अन्त्यमा एउटा Good vs Bad memories रुममा मैले भनेको थिएँ – मलाई पछिल्लो समय क्लब हाउसले जति मिठो याद केहिले पनि दिएको छैन ।

(लेखक गोबर कमिलो नियमित स्तम्भकार हुन, लेखकको फ़ेसबुक पेज समेत चर्चामा रहेको छ। )

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.