5
(5)

प्रफुल्ल भण्डारी, धरान।

आगलागी प्रकोप बनडढेलो फोहोर ब्यवस्थापन डढेलो रोकथाम तथा बाताबरण सम्बन्धि प्रशिक्षण सुनसरी धरान १३ स्थित श्री पब्लिक माबी फुस्रेमा हालै सम्पन्न भएको छ।

कार्यक्रममा बिधार्थीहरुको उत्साहजनक सहभागिताले थप हौसला बढेको प्रधानाध्यापक पुरूषोत्तम निरौलाले बताउनुभयो।उहाँले बिधालय परिबारको तर्फबाट धन्यवाद दिदै बन कार्यालयसंग सहकार्य गर्दै आगामी दिनमा समेत अघि बढ्ने बताउनु भयो ।

बिधार्थीहरुलाई सब डिभिजन बन कार्यालय बिष्णुपादुका धरान सुनसरीका अधिकृत बिक्रम अमात्यले श्रब्य दृश्य मार्फत प्रशिक्षण गराउनु भएको थियो भने सहजिकरण सोही कार्यालयका फरेस्टर फुल कुमारी भोटेले गर्नुभएको थियो ।

यसै बिच सुनसरी धरान १३ स्थित श्री पब्लिक माबी फुस्रेमा असार १२ गते मंगलबार सब डिभिजन बन कार्यालय बिष्णुपादुका धरानको आयोजनामा पब्लिक ईको क्लव धरान १३ कार्यसमिति गठन भएको छ ।

कक्षा दशका अशोक खड्काको अध्यक्षतामा गठन भएको १३ सदस्यीय इको क्लवको संरक्षकमा प्रधानाध्यापक तथा फोकल पर्सनमा बिज्ञान शिक्षक बिजयकमल राई रहनुभएको छ।

Average rating 5 / 5. Vote count: 5

No votes so far! Be the first to rate this post.