5
(1)

नेपाली चलचित्र “घामण शेरे” यूटूबमा सार्वजनिक भएको एक साता नपुगी चर्चामा रहेको छ।

ओएसआर डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको पाचौ दिनमा पचास लाख पटक हेरीएर यो चलचित्र चर्चाको केन्द्रमा रहेको छ। यथार्थपरक सामाजिक विषयवस्तु, सशक्त अभिनय र निर्देशकिय पक्षले राम्रो नेपाली चलचित्र यूटूबमा ट्रेण्डमा पहीलो नम्बरमा रहेको छ।

हेमराज बीसीको कथा पटकथा र निर्देशनमा बनेको “घामण शेरे” चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड़का, गौरी मल्ल, सुषमा निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ।

जग्गा किन्दा कसरी मुख्य पात्र शेरेले बिदेशमा कमाएको पैसा फ़स्यो र उसको जीवनमा आएको यो र अन्य समस्याको सेरोफेरो नै चलचित्रको मुख्य विषय हो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.