5
(9)

प्रफुल्ल भण्डारी मेरो नाम, उमेर ४२ बर्ष, धरान १४ बिजयपुरको स्थायी बासिन्दा।

झण्डै दुई दशक देखी गाऊँ घरमा चिट्ठी पत्र बाडने काम गरेको मैले आफ्नै घरको कार्यक्रमबाट बाड़न शुरूवात गरे। अनि वल्लो घर पल्लोघरको समेत बाडन थालेपछि आफ्नो वडाटोलमा चिनजान बढयो। अनि सोचे, किन यसलाई ब्यवसायीक नबनाउने?

सामान्यतया चिट्ठी पत्र बाढने ब्यक्तिलाई हुलाकी वा हल्कारा भनेर गाऊँ घर तिर चिन्छन्। मेरो काम चाही गाउघरको सूचना, बिबाह, ब्रतबन्ध, सप्ताह पुराण, शुद्धीपत्र गाउघरमा पूर्याऊनु हो।

यसमा सकारात्मक पक्ष के छ भने गाउघरको हालखबर थाहा पाईने, चिनजान बढ्ने भेटघाट हुने अनि काम नाम साथसाथै दामपानी अलि अलि छ। हिडेर बाडदा बेलुकी गलेर हातखुट्टा गल्ने भए पनि स्वास्थ्यको लागि त हिडनु लाभदायी भएकोले बिस्तारी यसमा मेरो रुचि पनि बढ़यो।

शुरूमा त हल्कारा भनेर गाउसमाजमा खाली अरूको बिहेको कार्ड बाडने आफ्नो चै कैले बाडने भनेर जिस्क्याउने, होच्याउने गरेको मलाई याद छ। अनि २०७३ बैशाख १५ मा मेरो बिबाहको निमन्त्रणा कार्ड समेत मैले आफै बाडेका थिए।तर पछि यसलाई आफुले पेशा नै बनाएपछि भने गाऊँ घरमा असीमित माया पाउन थाले। गाउ घरको खबर थाहा भए पछि भेंट हुदा समेत सबैले मलाई नै खबर सोध्न थाले। उनीहरु म प्रति बिस्तारी देखाएको सम्मान प्रति मलाई यो काम र असल चरित्रले पेशाप्रति गर्व लाग्न थाल्यो ।

दुर्भाग्य भनौ या सौभाग्य, २०७५ साल देखी म धरान पब्लिक फुस्रेमा बिधालयमा जागिरे भएपछि हल्कारालाई निरन्तरता दिन सकिरहेको छुईंन।

कोरोनाले पनि पछिल्लो समय मानिस बिच दूरी बढ़ाएको छ। भेटघाट घटायो। सबै कुरा अब डिजिटल भईराको छ। हल्काराको काम अब ईमेल, टेक्स्ट, वेबसाइटहरुको प्रयोगले घर बसी हुन अझ ब्यापक भयों। हाम्रा रिति रिवाज, चाड बाड़, मेलापात, भेंटघाटको चलन कम भएको छ।

नजिकको छिमेकी नचिन्ने समाज जन्मीरहेको छ। केटा केटीहरु खेल्ने पार्क, चौरहरु छैनन। उनिहरु टिभी, आइप्याडमा रमाईरहेका छन। गाऊँ घरका पुराना चलनहरु लोप भएको देखीरहेको छु। यो सोचेर पनि अझ बिदाको समय पारेर पार्ट टाईम हल्कारा हुने निर्णय गरेको छु । गाउघरको समाचार थाहा पाईराको छु।

फुर्सदमा म गीत, कविता, गजल लेख्छु। जस्तों परिस्थिति छ, त्यसै अनुसार गित कविता कोर्न मन लाग्छ। नृत्य र अभिनयमा रुचि छ। नक्कल गर्ने कुरामा म दुईवटा आवाज महिला र पुरूषको गरेर गित,कविता भन्न बोल्न सक्छु ।कुनै शास्त्रीय छन्दको ज्ञान लिएको छुइन, तर स्वअध्ययन र भगवानको आशिर्बाद छ मलाई।केही समय भित्र मेरो स्वर र अभिनयमा गीत सार्वजनिक गर्दैछु । मिल्यो भने नेपाली फिल्ममा अभिनय गर्ने सपना छ जहा आफ्नो कला पोख्न सकु ।

मेरा दुई छोरीहरु छन, आमाबुवा अनि भाईबुहारी सहित संयुक्त परिवारमा रमाएर बसोबास गरेका छौ।

भर्खरै निर्देशक दयाराम घिमिरेले मेरो कामको बिषयमा “हल्कारा” डकुमेन्ट्री तयार पारेर यूटूबमा सार्वजनिक भएको छ । यसले हालै पिम नेपाल फिल्म फ़ेस्टीवलमा बेस्ट डकुमेन्ट्री डाइरेक्टर अवार्ड हात पारेपछि आफ्नो कथा बुन्ने निर्देशक पुरस्कृत हुदा म एकदम खुसी छु।

सानो कदको भएकोले मान्छेले मलाई जिस्काउथे। सबैमा केही कमी कमजोरी हुन्छ नै। मेरो काम प्रतिको निष्ठा र असल चरित्रले मानिसहरुले हेर्ने आखा फ़रक भो। उनीहरुको माया पाउन थाले। अनि तपाईलाई चिनाऊने भनेको असल कामले नै त हो नि!

(हल्कारा डकुमेंट्रीबाट चर्चामा आएका प्रफुल्ल भण्डारीसंग कुराकानीमा आधारित)

Average rating 5 / 5. Vote count: 9

No votes so far! Be the first to rate this post.

1 comment