5
(1)

प्रफुल्ल भण्डारी धरान। स्थानिय पर्यटन अनुकूल क्षेत्रहरुको पहिचान, अबलोकन र प्रचार प्रसार गरी धरानको पर्यटकिय रूटहरुमा पैदल यात्रा जारी राख्ने जय धरान ईभिनिङ हाईकिङ ग्रुपका संयोजक रोशन अधिकारीले बताउनु भएको छ । हजार दिनसम्म धरान क्षेत्र वरपर सामूहिक पैदलयात्रा पार गरेको साता दिन पछि उहाँले यो निशुल्क अभियानमा निरन्तर साथ दिन अनुरोध पनि गर्नु भएको छ।

मेसिन इन्जिन पनि नियमित चलिरहयो भने राम्रो हुन्छ यदि चल्न छोडयो भने खिया लाग्छ भने झन हाम्रो शरीर त नियमित ब्यायाम गरी तन्दुरुस्त राख्न जरुरी छ। बिभिन्न अध्ययनले पनि हप्तामा कम्तिमा १५० मिनेट पसीना आऊने गरी ब्यायाम गर्दा मुटु, रक्तचाप, डायबिटीज जस्ता रोग नियंत्रणमा आउन सहज हुने देखाएको छ। सामान्य ब्यायाम गर्दा स्वस्थ्य मुटुको अधिकतम धड़कनको पचास प्रतिशत देखी पचहत्तर प्रतिशतमा रहने हुन्छ जुन पैदल यात्रा गर्दा समेत यही औषत धड़कन कायम हुन्छ।

“हाम्रो शरीरले खाने र बस्ने आराम मात्र गर्यो भने आलश्यता लगायत मोटोपना सहित विभिन्न रोग लाग्ने गर्दछ” पैदल यात्रा संयोजक रोशन अधिकारी भन्नुहुन्छ “दिनभरी अफिस काममा मात्र बसेर हुदैन शरिरको पनि ब्यायाम हुनुपर्छ, अत हाम्रो अभियानमा जोडी नियमित पैदल यात्रा गरी स्वस्थ्य रहौ। “

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.