5
(5)
हामीले कर्नाल भनेर चिन्ने बाजालाई “कर्नाए Karnay” र हामीले सहनाई भन्ने बाजालाई “सुर्नाई Surnay” भन्दा रहेछन्!

हाम्रा पिता पुर्खाहरु कहाँबाट आएर कहिलेदेखी हाम्रो गाउँ ठाउँमा बसोबास गर्न शुरु गरे होलान् ?

हामी जन्मेको घर भएको गाउँ हाम्रा जिजु हजुरबुबाको पालामा कस्तो थियो होला ? अनि हाम्रा बाजे बराजुहरुका पनि हजुरबुबाहरुको बाल्यकाल कसरी बित्यो होला ?

यस्ता अनौठा प्रश्नहरुले कहिलेकाहीं तपाईंको पनि मथिङ्गल हल्लाउँछ भने बुझ्नुहोस्, तपाईं पनि आफ्नो भाषा संस्कृति रिति-रिवाज इतिहाँसलाई र अझ समग्र रुपमा, आफ्नो देशलाई माया गर्नुहुन्छ। र, तपाईंलाई यो लेख मन पर्नसक्ने सम्भावना प्रबल छ, ल अगाडी बढौं….

उदाहरणका लागि, आफ्नै देश भित्रकै टाढाका दुई भिन्दाभिन्दै ठाउँमा हुने फरक फरक बिबाह उत्सबमा एउटै तालको बाजा बज्यो या उस्तै भाकाको रत्यौली गाइयो भने सहज अनुमान लगाउने गरिन्छ: सम्भवत, ती भिन्दा भिन्दै ठाउँका पिता पुर्खाहरु कुनै समय एकै थलोबाट बसाईं सरेर गएका रहेछन्।

तर, एकछिन अनुमान लाउनुस् त, हाम्रो देशको सीमा नै नजोडीएको र नितान्त फरक धर्म मान्ने बाहुल्यता जनसंख्या भएको दुर दराजको कुनै एक देशमा आयोजना हुने बिवाह उत्सव हेर्दा आफ्नै गाउँ ठाउँमा गएर कोही आफन्त साथीभाईको बिवाह हेरे जस्तै लाग्यो भने ?  

अझ भनौं, उक्त उत्सवमा बजाइने बाजा दुरुस्तै हाम्रै देशका गाउँ शहरमा बजाइने ट्याम्को,कर्नाल र सहनाई जस्तै लाग्यो भने र उसैगरी बाजातालमा नाच्दै नाच्दै बेहुला पक्ष बेहुली लिन गएको देख्नुभयो भने तपाईंले के कस्ता अनुमान लगाउनुहुन्छ?

अचम्मको कुरा त के छ भने बुझ्दै जाँदा, नेपाली भाषासँग न त अक्षर न त लवज मिल्ने त्यो देशका मान्छेले उनीहरुकै भाषामा समेत, हामीले कर्नाल भनेर चिन्ने बाजालाई “कर्नाए Karnay” र हामीले सहनाई भन्ने बाजालाई “सुर्नाई Surnay” भन्दा रहेछन्।  

लौ नपत्याए यो भिडियो हेर्नुहोस् र हेरिसकेपछि तपाईंलाई कस्तो लाग्यो भनेर आफ्नो बिचार कृपया तलको कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला है…. 

उज़्बेकिस्तानमा हुने एक परम्परागत बिबाहको झलक- केही समानता तपाई खोज्नुहोला है ! भिडीयो साभार- यूटूब

आजलाई यत्तिनै, तपाईंलाई मन पर्यो भने अवश्य फेरी आउने नै छु , धन्यबाद। 

पर्वते

Average rating 5 / 5. Vote count: 5

No votes so far! Be the first to rate this post.

फिरन्ते

View all posts

1 comment

  • पर्वते जीका आगामी लेखहरु पढ़न पाईयोस!