निखिल उप्रेतीको निर्माण, लेखन तथा निर्देशनमा तयार भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘आचार्य’ को पहिलो गीत ‘लाई बारी लाई’ ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ। युग भुसालको शब्द तथा संगीत रहेको यस गीतमा गौरंगा शेखर शर्मा र ज्योत्स्ना जावडाले स्वर दिएका छन् भने किरण थापाको कोरियोग्राफीमा नायक निखिल उप्रेती र सजिना श्रेष्ठको दमदार नृत्य रहेको छ।
कृष्ण भट्टराईको निर्माण र आरआर फिल्म्सको वितरणमा आउँदो शुक्रबार, असोज ९ गते (सेप्टेम्बर २५, २०२६) देखि देशभरका हलहरूमा प्रदर्शनमा आउन लागेको यस चलचित्रमा निखिल उप्रेतीसँगै पूर्णिमा सिजापती, दीपराज राणा, प्रमोद अग्रहरि लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ।
संजय सिलवाल गुप्तासँगको ‘अन एयर विथ संजय’ पोडकास्टको यस एपिसोडमा चर्चित अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आफ्नो आगामी बहुप्रतिक्षित चलचित्र ‘आचार्य’ को निर्माण प्रक्रिया, यसका चुनौती र नेपाली चलचित्र उद्योगको वर्तमान अवस्थाबारे विस्तृत कुराकानी गरेका छन्। आगामी असोज ९ गते देखि प्रदर्शनमा आउने यस फिल्ममार्फत लामो समयपछि चलचित्रमा पुनरागमन गर्न लागेका उनले एक्सन चलचित्र बनाउने आफ्ना अनुभव र चलचित्र क्षेत्रका विभिन्न पक्षहरूलाई यस पोडकास्टमा उजागर गरेका छन्। पोडकास्ट सञ्चालक एवं होस्ट संजय सिलवाल गुप्ताले पनि यसै चलचित्र ‘आचार्य’ मा अभिनय गर्दै लामो समयपछि पर्दामा पुनरागमन गरेका छन्।

Add comment