0
(0)

निर्देशक ज्ञानेंद्र देउजाको निर्देशनमा बनेको यो पारिवारिक तथा सामाजिक ड्रामायुक्त चलचित्र भोलि असोज २ गते (सेप्टेम्बर १८) देखि देशभरका सिनेमा हलहरूमा आधिकारिक रूपमा प्रदर्शनमा आउँदैछ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यसको ट्रेलरले दर्शकहरूमाझ ठूलो उत्सुकता जगाएको छ।

ट्रेलरमा मुख्य कलाकारहरू केकी अधिकारी, आंचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट र आर्यन सिग्देलको दमदार अभिनय तथा आपसी द्वन्द्वलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। यसका साथै वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको विशेष उपस्थितिले ट्रेलरको आकर्षणलाई अझ बढाएको छ।

पारिवारिक सम्बन्ध, मनमुटाव र भावनात्मक उतारचढावमा आधारित यस चलचित्रलाई सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् भने पटकथा तथा संवाद परिच्छेद सेनले तयार पारेका हुन्।

चलचित्र ‘झिगेदाउ २’ को बहुप्रतिक्षित तीज विशेष गीत ‘झिगेदाउ तीज ब्याटल’ ओएसआर डिजिटलमार्फत सार्वजनिक भएपछि दर्शकहरूमाझ अत्यधिक लोकप्रिय बनेको छ। जेठानी र देउराणीको नोकझोक तथा आपसी सम्बन्धमा आधारित यस गीतमा लोकप्रिय गायिकाहरू एलिना चौहान र रचना रिमालको कर्णप्रिय स्वर रहेको छ भने बाबुल गिरीको शब्द, सङ्गीत र एरेञ्ज रहेको छ। रामजी लामिछानेको उत्कृष्ट कोरियोग्राफीमा तयार भएको यस भिडियोमा नायिकाद्वय केकी अधिकारी र आंचल शर्माको दमदार अभिनय तथा आकर्षक नृत्यले दर्शकहरूको विशेष ध्यान तानेको छ। सामाजिक सञ्जालमा समेत भाइरल बनेको यो तीज गीतले चलचित्रप्रति दर्शकहरूको उत्सुकतालाई बढाएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply