“मलाइ पुग्यो सम्धीलाई नि पुग्यो” भन्ने उखानका खातिर पनि आफु नागरिक भइसके पछि अरुलाई किन चाहियो? त्यति मात्र होइन नागरिकका रोजगारी र भविष्य प्रति ट्रम्प खुलेर लागि परेकाले, अमेरिकी शिक्षा लिएका आफ्ना सन्ततिको भविष्यका लागि पनि घटना नघट्टुञ्जेल ट्रम्प कै पक्षमा मत जान सक्ने अबस्था देखिएको छ।
5
(1)

अब केहि दिन मात्र बाँकी रहेको अमेरिकाको राष्ट्रपति निर्वाचन अन्तिम हप्ता झन् पेचिलो देखिएको छ ।

राष्ट्रपतिका निर्वाचनका लागि अन्तिम प्रतिस्पर्धामा रहेका रिपब्लिकन पार्टीका उम्मेदवार हालका राष्ट्रपति डोनाल्ड ट्रम्प र ड़ेमोक्याट्रिक उम्मेदबार जो बाइडेन रहेका छन् ।

सन् २०१६ को रास्ट्रपतिय निर्वाचन जस्तै यो बर्ष पनि डेमोक्याट्रीक उमेदवारले पपुलर भोट प्राप्त गर्ने अनुमान लगाइए पनि राष्ट्रपतिको विजय इलेक्ट्रोल भोटको गणनाको आधारले हुने हुँदा यस निर्वाचनलाई त्यति सहजै यो उम्मेदबारले बिजयी हुन्छ भन्ने अनुमान लगाउन अत्यन्त कठिन भएको सर्वेक्षणले देखाएको छ ।

केहि ठूला तथा जन घनत्व बढी भएको राज्यहरुमा बिजेता पार्टी सहजै अनुमान गरिए पनि साना केही राज्य हरुको निर्वाचन परिणाम अझै एकिन गर्न हतार हुनेछ ।

विस्कान्सिन , आइवा, पेन्सलभेनिया , इन्डियाना जस्ता सोइंग स्टेटहरुको मत परिणाम वर्षेनी फरक फरक हुने भएकाले यो बर्षको राष्ट्रपति निर्वाचनमा पनि को बिजयी हुन्छ ? भनि हाल्न अल्लि हतार हुनेछ ।

अब प्रश्न उठ्छ ? नेपाली अमेरिकनहरुको भोट प्याटर्न कस्तो छ त? उनीहरुको रोजाईमा ट्रम्प होलान् कि बाइडेन ? निक्कै कौतुहल बिषय बनेको छ ।

बर्तमान निर्वाचनको अबस्थालाई गहिरिएर विश्लेषण गर्दा आवरण र सारमा धेरै भिन्नता देखिन्छ ।

आवरणमा आम नेपाली समुदायहरु ड़ेमोक्याट्रिक पार्टीका उम्मेदबार जो बाइडेनतिर उदार भएको देखिन्छ | त्यसका लागि निर्बाचन प्रचार प्रसारमा बिभिन्न बाइडेन क्यम्पेनिङ्मा समेत सामेल भएको देखिन्छ ।

तर सारमा के त्यो समुहमा लाग्ने नेपाली अमेरिकनले साच्चै नै बाइडेन लाई भोट हाल्छन त् ? तिनीहरु मध्ये कति प्रतिशत भोट हाल्न योग्य भएका छन् त् ? मतलब कत्तिले सिटिजन प्राप्त गरेका छन् त् ?

नेपाली अमेरिकन सिटिजन जो बास्तव मै भोट हाल्न योग्य छ , ति ब्याक्ति तथा समुहहरु यथार्थमा मौन रहेका छन । अमेरिकामा आएर व्यवशायिक नोकरी गर्ने नेपाली अमेरिकनहरु नेपालीले खोलेका कुनै पनि सामाजिक सस्थामा ज्यादै न्यून संख्यामा आबद्दता भएको देखिन्छ ।

चाहेँ त्यो एन आर एन ए होस् वा प्रबासी मंच वा जन सम्पर्क समिति । यस्तो अबस्थामा ति अल्प संलग्नता भएका ब्याक्ति वा समुहहरुले प्रचार गरेको बाइडेन एलाइन्समा सम्पर्कमा नआएका जो बास्तबमा रियल मतदाता हुन् | उनिहरुको भोट डेमोक्याटलाई नै जाने कुरामा शंका गर्न सकिन्छ ।

आवरणमा जताततै नेपाली समुहहरु बाइडेनको प्रचारमा लागेको देखिन्छ | तापनि सारमा त्यो नै सत्य हो भनि बिस्वास गरि हाल्ने अबस्था देखिदैन ।

यथार्थमा निम्न कुराहरुको आधारमा नेपाली अमेरिकन हरुले रिपब्लिकन पार्टी रोज्ने सभाबना बढी देखिन्छ ।

१.इगो प्रोबलम : जति पनि अमेरिकामा बसेका नेपालीहरु छन् | उनीहरु बीच मर्दा पर्दा भाइचारा सम्बन्ध देखिए पनि व्यक्तित्व बिकासमा खासै हाते मालो गरेको देखिदैन । एक समुह र अर्को समुह होस् या एक भेग र अर्को भेग होस् या एक जात र अर्को जात वा एक वर्किङ्ग क्लास र अर्को वर्किङ्ग क्लास बीच होस् | इगो प्रोबलम देखिदै आएको छ ।
अझ नेपाली समाजमा सामाजिक अभियन्ताका पहिचान बनाइ सकेका र प्रोफेशनल काम गर्ने नेपालीहरुको बीच त्यति राम्रो उठबसको सम्बन्ध देखिदैन । अत: यो अबस्थामा ति अभियन्ता हरुले चलाएको अभियानमा सबै नेपाली हरुले बाइडेन को समर्थन गर्ने कुरामा त्यति बिस्वस्त हुने अबस्था देखिदैन ।

२. व्यवशायिक रुपमा स्थापित भइ सकेका नेपाली बिजनेश ओनर हरुको समुहले पनि आवरणमा बाइडेनको बेलुन उडाए पनि सारमा बाइडेन समूह लाइ नै मत दिने कुरामा सहजै बिस्वस्त हुन सकिदैन । किनकि भर्खरै कोरोना महामारीमा ट्रम प्रशासनले दिएको राम्रो व्यवशायिक राहत प्याकेजका अलावा , सहजै आपूर्ति भई रहेको श्रमिकको अबस्थामा अपर्झट आएको शुन्यताका कारणहरु नेपालको भूकम्प दिएको धक्का र उबर /लिफटीले दिएको पक्का साथ लाइ अन्त्य गर्दै भूकम्पले दिएको राहत लाई पुन : सदैब उन्मुक्तिका लागि काँध मा काँध मिलाउने कुरामा शंका को सुबिधा दिन सकिदैन ।

३. “मलाइ पुग्यो सम्धीलाई नि पुग्यो” भन्ने उखानका खातिर पनि आफु नागरिक भइ सके पछि अरुलाई किन चाहियो ? त्यति मात्र होइन नागरिकका रोजगारी र भविष्य प्रति ट्रम्प खुलेर लागि परेकाले ,अमेरिकी शिक्षा लिएका आफ्ना सन्ततिको भविष्यका लागि पनि घटना नघट्टुञ्जेल ट्रम्पकै पक्षमा मत जान सक्ने अबस्था देखिएको छ ।

४ . २०४६ पछिको राजनीतिक परिबर्तन पश्चात लामो समय नेपालमा नेपाली काँग्रेसको सरकार रहेको र बिभिन्न बहानामा अमेरिका छिर्ने सौभाग्य पनि कांग्रेसीजन कै बाहुल्यता रहेको देखिन्छ । चाहें त्यो सेमिनारको नाममा होस् वा मन्त्री मण्डलको भिजिट वा खेलकुद वा अन्य । प्रारम्भमा नेपाली उल्थाका हिसाबले डेमोक्याट पार्टी नेपालको कांग्रेस पार्टी जस्तो बुझेर बाइडेन समर्थक जस्तो देखिए पनि राम्ररी बुझ्दा रिपब्लिकनको सोच र पुजीँ वादी चरित्र नेपालमा नेपाली काँग्रेस सँग मिलेको देखिन्छ । यो हिसाबले सानो प्रस्ट्याइ ले पनि मत परिणाम ट्रम तिर जाने सम्भाबना प्रबल देखिन्छ ।

५ .कोरोना भाइरस संक्रमण रोकथाम मा हेल चक्याई गरेको अभियोजन ट्रम प्रशासन लाइ लागेता पनि बेरोजगारी भत्ता तथा अन्य राहत भत्ता उपलब्ध गराएर जन राहतमा कुनै कन्ज्युस्याई नगरेकोले पनि ट्रम प्रति नेपाली अमेरिकनहरू सकारात्मक रहेको अनुमान लगाउन सकिन्छ ।

६ . नेपाली अभियन्ता सहित बाइडेन क्याममा भएको बहसमा समेत रिपब्लिकनको जीतले केबल माइग्रेशन / अल्पसंख्यक व्यक्तिलाई गाह्रो हुन्छ भनि मनोबैज्ञानिक त्रास देखाएको पाइन्छ | तर बुदाँ गत रुपमा किन डेमोक्र्याटलाइ मत दिने भनि प्रष्ट पारिएको खासै देखिदैन ।

यसका अलावा दुबै पार्टीका अन्तराष्ट्रिय सम्बन्ध एबं रास्ट्रपतिका उम्मेदवारले गर्ने फ्री बहस / सम्बाद, दुबै पार्टीले लिने नीति/रणनीति पनि मत परिमाण मुख्य कारक हुन सक्लान | तर त्यो सबै बिषय बस्तुको जानकारीमा मत दिने नेपाली अमेरिकन कति होलान् ? त्यो अर्को बहस को बिषय बन्न सक्छ ।

यसरी हेर्दा नेपाली अमेरिकन हरुको मत निर्णयार्थ नभए पनि आवरण र सारमा भिन्न रहेकोले नेपाली अमेरिकनहरुको मतमा डोनाल्ड ट्रम्पको पल्ला भारी भएको अनुमान गर्न सकिन्छ ।

दीपक पन्त
विस्कान्सिन , अमेरिका

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.