सार्बजनिक सस्थानका प्रमुख हरुको नियुक्तिमा यति धेरै चासो र नजिक बाट जनताले खबरदारी गर्नुमा कुलमानले देखाएको चमत्कारी प्रशासनिक कार्य दक्षता नै मुख्य हो ।
5
(1)

अकल्पनीय रुपमा देशबाट लोड सेडिंग मुक्त गरि उज्यालो अभियानका नायक बनेका ने.बि.प्रा. का कार्यकारी निर्देशक कुलमान घिसिंगको ४ बर्से कार्यकाल सकिनै लाग्दा पुनर्नियुक्ति का सम्बन्धमा सामाजिक संजालबाट ठूलो दबाब तथा चासो दिनानु दिन बढ्दै गएको थियो। केही साता अघि बसेको मन्त्रि परिषदको बैठकले त कुलमानको को सेवा अबधि पुन ४ बर्षका लागि थप गरियो भन्ने अपुष्ट समाचारहरुले सामाजिक संजालहरु रंगिएका थिए। आशा मरेको थिएन।

सार्बजनिक मिडिया वा सामाजिक संजालमा गरिएका सर्वेक्षणहरुमा करिब ९७ % सहभागिहरुले कुलमान को पुन: नियुक्ति को पक्षमा देखिएका थिए। सरकारले नियमित रुपमा गर्ने सार्बजनिक सस्थानका प्रमुख हरुको नियुक्तिमा यति धेरै चासो र नजिक बाट जनताले खबरदारी गर्नुमा कुलमानले देखाएको चमत्कारी प्रशासनिक कार्य दक्षता नै मुख्य हो ।

उनको कार्य दक्षताले बर्षौ सम्म घाटामा गएको बिधुत प्राधिकरण मात्र नाफामा गएको होइन ,समग्र उज्यालो अभियानले देशले चौतर्फी बिकास गर्न सहयोग पुगेको यथार्थता लाइ नकार्न सकिदैन।

अब प्रश्न उठ्छ यति धेरै जनाधार ,वाह वाहि पाएका ,पब्लिक हिरोको पहिचान बनाइ सकेका ,व्यक्तित्व लाई पुनर्नियुक्ति नहुनु के का लागि ?

पानी जहाज ,रेल सेवा, मेट्रो ट्रेन , पाइपलाइनमा घर / घरमा ग्यास आदिको बस्तुत: परिणाम आउनु अघि नै ढ्यांग्रो ठोक्ने प्रम ज्यूको अभिव्यक्ति कला , यति ठूलो चमात्कारी प्रदर्शन गर्न सफल भएका कुलमान को पुर्नर्नियुक्ति गरि उनको हौसला र आम जनताको मनोभावनाको बिस्वास जित्न कन्ज्युस्याई गर्नुको रहस्य चाडै जनताले थाहा पाउने छन ।

तत्कालिन ए माओबादि सरकार प्रम क.प्रचण्ड प्रधान मन्त्री र जनार्दन शर्मा उर्जा मन्त्री हुँदा छनौट मा परेका कुलमान, हाल पनि पूर्व माऒबादि खेमाबाट, अध्यक्ष प्रचण्ड कै रोजाइमा उर्जा मन्त्री भएका बर्षमान पुन ले ,पुन अर्को कार्यकाल थप गर्न प्रस्ताब पेश गर्न किन सकेनन ?

एक महीना अघि गरेको प्रेस मिटमा आफ्नो मन्त्रालय माहततमा रहेको नेपाल बिद्दुत प्राधिकरण गर्व गर्न लायक सार्बजनिक सस्था रहेको र यसको कार्य विवरण ले सकारको कद उचो भएको बक्तब्य दिने बर्षमान लाई सोहि सस्थाको प्रमुख ,सफल ब्यबस्थापक ,नेपाली जनताको हिरो ,उज्यालो अभियानका नायक कुलमान को पुनर्नियुक्ति को प्रस्ताब अघि बढाउन के ले रोकेको थियो ?

राजनैतिक पहुँच का भरमा ५/६ पटक एकै व्यक्ति।विभिन्न क्षेत्रको राजनैतिक नियुक्ति प्राप्त गर्ने , चलन चल्ती रहेको हाम्रो देशमा उदाहरणीय कार्य गरि देश ,जनताका मन मस्तिष्क बस्न सफल कुसल ब्यबस्थापक कुलमान को आगामी ४ बर्षको लागि सेवा अबधि निरन्तरता दिइ उज्यालो अभियान लाइ पूर्णता दिन नेकपा सरकार को बेलैमा ध्यान किन गएन?

जन आक्रोश ,जन दबाब र अलोकप्रिय निर्णयले ल्याउन सक्ने भुमरीबाट सरकारले सजिलै उन्मुक्ति पाउने अबस्था देखिदैन / बेलैमा चेतना भया /

  • दीपकराज पन्त, अमेरिका

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.