5
(1)

“प्रेमगीत ३” हिन्दी भाषामा डबिङ भएको चलचित्र मात्र होईन, नेपाली कथा, पात्र देखी मौलिक जीवन, हिमालका सुन्दर दृश्य पनि अनुवाद भएको छ फ़रक भाषाका दर्शकहरुको मन मनमा। चलचित्र बिश्वका १२०० हलहरुमा प्रदर्शनमा आएको दोश्रो दिनमा सात करोड़ माथि ब्यापार गरेको बताईएको छ। तीन करोड़मा हिन्दी भाषामा बिक्री गरीएको बताईएको यो चलचित्रले नेपाली मौलिक कथाहरु सहजरूपमा अन्तराष्ट्रियकरण गर्ने बाटो खुलेको छ।

जसरी दक्षिण भारतका चलचित्रले बलिउड़ क़ब्ज़ा गरिसकेको छ सो को लहरमा नेपाली चलचित्रले पनि ढिलो चाडो फ़राकिलो बजारको यात्रा गर्नु आवश्यक थियो।जुनरूपमा यसको प्रचार बिश्वभरींका सिनेमा घरमा भएको छ, त्यसले नेपाली फिल्मलाई पनि हिन्दी दर्शकहरु सामू लग्नु उस्तै संस्कृति र भूगोलका साँझा कथाहरु बाढनु मात्र होईन, नेपाली सिनेमाको अन्तराष्ट्रियकरण हुनु पनि हो। यसले गर्दा नेपाली चलचित्रमा अझ लगानी थपिने सम्भावना बढ़छ, जसले गर्दा उत्कृष्ट शैलीमा कथा प्रस्तुत गर्ने प्राविधिक क्षमता नेपाली चलचित्रले पाउछन। अनि हिन्दी भाषामा डबिङ भएका नेपाली चलचित्रले बलिउड र दक्षिण भारतका चलचित्रहरु संग नेपालमा मात्र होईन भारतमा समेत प्रतिष्पर्धा गर्न सक्नेछन।

प्रेम गीत -३ हिन्दी भाषामा हेरिसके पछि यो चलचित्र राम्रो बनेको रहेछ भन्ने तपाईलाई पनि पक्का लाग्ने छ। यसमा कमी कमजोरीहरु पनि छन। तर कमी कमजोरीहरु भन्दा पनि यसका राम्रा पक्षहरुमा- यो एउटा चलचित्र जून नेपाली भूमिमा बनेको छ, एउटा जुन कथालाई बनाईएको छ, त्यसले दर्शकलाई बांधेंर राख्न सक्ने खालको छ। लगभग दुई घण्टाको फिल्मको ढेड घण्टा निकै रमाईलो छ भने बाँकी समय पनि कथा बगेको नै छ।

अर्को महत्वपूर्ण कुरा चलचित्रका सबै गीतहरु राम्रा छन। भारतीय चर्चित गायक जुबिन नौटियालको “कोई ना कोही नाता है” गीत अहिले जी म्यूज़िक कम्पनीको यूटूब चैनलमा ७५ लाख पटक हेरीएर समेत चर्चामा रहेको छ। दर्शकलाई फिल्म अवधिभर कथामा बाध्नसक्ने क्षमताका साथ उत्कृष्ट संगीतको साथले गर्दा पनि प्रेमगीत -३ ले दर्शकहरुको माया त पाउछ तर कुन स्तरको माया पाउला त्यों थाहा पाउन केही दिन पर्खनु पर्ला!

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.