0
(0)

चर्चित वेब सिरिज ‘हेर्ने कथा’ ले आफ्नो नयाँ एपिसोड (अङ्क १६६) मा एक कर्पोरेट वा प्राज्ञिक जागिर छोडेर माटोमा पसिना बगाइरहेका फरक किसानको कथा सार्वजनिक गरेको छ। यो कथा हो रामपुरमा कृषि पढेर डेनमार्कबाट कृषि अनुसन्धानमा मास्टर्स र पिएचडी हासिल गरेका डा. भानेश्वर पोखरेलको।

विदेशमा प्रतिष्ठित कृषि अनुसन्धानमा वर्षौँ काम गरे पनि आफ्नो ज्ञान र सीपलाई आफ्नै मातृभूमिमा प्रयोग गर्ने तीव्र इच्छाका साथ उनी ६ वर्षअघि नेपाल फर्किएका थिए। हाल उनले चितवनको माडीमा अत्याधुनिक र लोभलाग्दो व्यावसायिक खेती गरिरहेका छन्। जहाँ उनले थोपा सिँचाइ, मल्चिङ प्रविधि र कम्प्युटर नियन्त्रित आधुनिक नर्सरीमार्फत गोलभेँडा, क्याप्सिकम र आलुको अनुसन्धानमूलक उत्पादन गरिरहेका छन् ।

स्थानीय स्तरमा महिला र सीमान्तकृत समुदायलाई समान ज्याला सहित रोजगारी दिइरहेका डा. पोखरेलले कृषि फार्मलाई ज्ञान केन्द्र (नलेज सेन्टर) का रूपमा विकास गरिरहेका छन् । ‘खेती मेरो व्यवसाय मात्र होइन, रगतमा बगेको सपना हो’ भन्ने उनको यो यात्रा नेपालमै केही गर्न चाहने युवाहरूका लागि ठूलो प्रेरणा बनेको छ ।


Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply