लोकप्रिय गायक राजु लामा (मंगोलियन हार्ट) ले आफ्नो नयाँ सिर्जना “कसरी म ” सार्वजनिक गरेका छन्। युट्युबमार्फत रिलिज गरिएको गीतले छोटो समयमा नै करिब ७ लाख भ्युज पार्दै दर्शकको मन जित्न सफल भएको छ।
गीतको शब्द, सङ्गीत र स्वर राजु लामाकै रहेको छ भने रोमन बज्राचार्यले गीतको एरेन्ज, मिक्सिङ र म्यास्टरिङ सम्भालेका छन्। प्रेम र भावनाको गहिरो स्पर्श बोकेको यो गीतले लामाको विशिष्ट आवाज र आधुनिक संगीत संयोजनको सुमधुर मेल प्रस्तुत गर्छ।
राजु लामाले गीतको प्रकाशनसँगै सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै भनेका छन्,
“यो गीत मेरो आत्मासँग जोडिएको भावना हो। आशा छ, तपाईंहरूलाई पनि यति नै मन छुनेछ।”

Add comment