एक महीनामा ४० लाख नजिक यूटूब भ्यूज पुगेको “पीपलु बर” बोलको गीत चर्चामा रहेको छ। पल शाह र अस्मिता पन्त अभिनित यस गीतमा नरेश खाती र समीक्षा अधिकारीको स्वर रहेको छ। संगीत र रचना नरेशकै रहेको छ भने निर्देशन बिक्रम चौहानले गरेका छन।
नरेश र समीक्षाको जोड़ीले केही महीना अघि गाएको “माया मारेर” बोलको गीत पनि चर्चामा आउदै डेढ करोड़ यूटूब भ्यूज पुग्ने क्रममा छ। पक्का पनि स्लो ट्राक फर्मयाटमा आएका यि गीतहरु लामों समयसम्म मन पराईने निश्चित छ।