5
(1)

गायक बिपुल क्षेत्रीको “बाँस घारी” बोलको गीत हालै सार्वजनिक भएको छ।

प्रबिन क्षेत्रीको निर्देशनमा बनेको यो गीतको म्यूज़िक भिडियोमा बुढेसकालको जोवनलाई बाँस घारीमा चलेको हावासंग तुलना गरीएको छ।

चौरानब्बे बर्षका मान बहादुर भट्टराईको जीवन्त अभिनय रहेको यस गीतमा बृद्धावस्थाको जटिल समयबारे सबैलाई सोचमग्न बनाएको छ।

दार्जिलिंग कालिम्पोंङ निवासी बिपुल हाल नया दिल्लीमा रहेर संसारभर आफ्नो सांगितिक समूह सहित कार्यक्रमहरूमा पुगीरहेका हुन्छन्।

बिपुलको आगामी कन्सर्ट छाया सेंटर, काठमाण्डुमा नया बर्ष २०२२ को दिन हुन गईरहेको उनले ट्विटर (@bipulchettri) मा उल्लेख गरेका छन।

हावा चल्यो यहाँ बेसरी, हल्लियो डाडा पारी बाँस घारी,

उडि ज़ाऊ भने चरी म हैंन, बस्न पनी यहाँ मन छैन,

पर्खे छु म यहाँ कहिले देखी, मेरो उठने पालो आउछ कि भनी,

एउटै छ संसार यो, एउटै जीवन मेरो, जिउन मलाई छ अब,

बाच्नलाई नि कति मर्न पर्ने, जानु त जाऊँ कहाँ, भनु कसलाई म यहाँ बुझ्ने कोही छैन जहाँ,

गुनासो मेरो कसलाई सुनाउने, पिरै पीर यहाँ वरिपरी, आसै आसमारी जान्छु कि म मरी,

हावा चल्यो यहाँ बेसरी, हल्लियो डाडा पारी बाँस घारी,

– गीतको मनछुने हरफहरू (रचना बिपुल क्षेत्री)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.