5
(2)

एक साता नपुग्दै दश लाख पटक यूटूबमा हेरीएको “ चिनो मायालाई जाली रूमाल” बोलको गीत ट्रेण्डमा आईरहेको छ। यसमा चर्चित नायक पल शाह, संगीतकार मनीष श्रेष्ठको साथ जुम्ल्याहा दिदी बहिनी सामरिका र स्मारिका ढकालको बेजोड़ नृत्य छ।

त्यति मात्र होईन अर्का साना जुम्ल्याहा दाजु भाई जेभीन र जेभिस श्रेष्ठको रोचक अभिनय पनि तारिफ गर्न योग्य छ।

चर्चित गायिका एलिना चौहान र मनीष श्रेष्ठको स्वरमा आएको यो गीतमा दीपक सापकोटाको शब्द रहेको छ भने भिंडियोंको निर्देशन काजिश श्रेष्ठले गरेका छन।

झापा निवासी सामरिका र स्मारिका टिकटकमा समेत चर्चित रहेका छन।सामान्य परिवारमा जन्मेर बाल्यकालमा बुवाले उत्प्रेरित गरेको हुदा नृत्य लगायत विभिन्न क्षेत्रमा आफूहरु अगाडी बढ़न सजीलों भएको “के छ नेपाल” यूटूब चैनललाई केही समय अघि दिएको अंतरबार्तामा भावबिह्बल हुदै दिदीबहिनीले बताएका छन।

Average rating 5 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.