5
(1)

“तिम्ले छोडेपछि” बोलको गीत यूटूबमा सार्वजनिक भएको तेश्रो सातामा दश लाख पटक हेरीएको रेकर्ड बनाएको छ।

गायक बादल थापा र गायिका प्रविशा अधिकारीको स्वरमा आएको यो गीतले निकै रोदनपूर्ण भावमा प्रेमी प्रेमिका बिछोडको छटपटी व्यक्त गरेको छ।

देवेन्द्र बब्लुको भिंडियों निर्देशन रहेको यो गीतको मन छूने संगीत र शब्द रचना गर्ने बिमल अधिकारीको शशक्त अभिनय समेत रहेको छ।

“चौतारीमा बसी मैले रुन जानेकै मायालु, तिम्ले छोडेपछि” जस्ता शब्दहरुले बिमल एक उत्कृष्ट रचनाकार समेत रहेको पुष्टि हुन्छ।बिमलकी पूर्व प्रेमिकाको रूपमा रोशनी कार्कीले अभिनय गरेकी छन।

चर्चित मोडल रहेका बिमल अहिले भाईरल भाई सचिन परियारको लोकप्रियताको कटु आलोचना गरेको विषयमा बिबादमा आएका छन।

“पछयौरी लिसियो” बोलको हालैको अर्कों चर्चित गीतमा समेत अभिनय गरेका बिमलले सो गीतमा देखिएका यूटूबर पुण्य गौतम नबोलाई आएको विषयले समेत अहिले बजार ताँतेको छ।

उनले अहिले भाईरलको नाममा जसलाई पनि स्टूडियोमा छिराईएकोले अब स्टूडियो पनि बाख्राको खोरजस्तो नहोस भन्ने बिचार हालै “पछयौरी लिसियो” गीत एक करोड़ पुगेको कार्यक्रममा बताएका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.