5
(1)

शिशिर भण्डारीको निर्देशन, अभिनय, रचना र संगीत रहेको “फ़ोटो फिरिममा” बोलको गीतको दोश्रो भाग “रुमाल चिनो छ” ले माया र प्रेममा भएको बिछोडले पारेको असरबारे निकै गहन रूपमा गीत र कथाको संगम बनेको छ।

शिशिरकी श्रीमतीको भूमिकामा राम्रो अभिनय गरेकी रिस्ता बस्नेत आख़िर पतिलाई धोका दिएर खूसी भएर बाचिन त? यो प्रश्नको गम्भीर उत्तर थाहा पाउन दोश्रो भाग हेर्नु पर्नेछ ।

प्रताप दास, कुमार अभी, रचना रिमालको स्वर रहेको यो गीत सार्वजनिक भएको एक़ै दिनमा यूटूबमा पाँच लाख पटक हेरीएर चर्चामा रहेको छ।

“यस गीतमा आफ्नै शव्द र सँगीतमा, पहिलो पटक भिडियो निर्देशनको जिम्मेवारी पनि बहन गरेको छु । सकेसम्म मिठो शव्द, मनछुने सँगीत, मार्मिक कथा र उत्कृष्ठ भिडियो बनाउन आफुले सक्दो निर्देशन प्रयास गरेको छु । थाहा छैन, तपाईको मन, मुटुमा बास बसेको ‘फोटो फिरिममा’ गीतको धोको फेर्न सक्छु कि सक्दिँन्, कमी, कमजोरीहरुलाई औंलाईदिनु हुनेछ भन्ने आशा लिएको छु ।”

– शिशिर भण्डारी (श्रोत-यूटूब)
फ़ोटो फिरिममा को पहिलो भाग

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.