0
(0)

महान चाड तिहारलाई लक्षित गर्दै लोकप्रिय गायिका एलिना चौहानको आधिकारिक युट्युब च्यानलबाट नयाँ तिहार गीत ‘आइपुग्यो तिहार’ सार्वजनिक भएको छ। नरेश खतीको मर्मस्पर्शी शब्द रचना तथा संगीत रहेको यस गीतमा साङ्गीतिक क्षेत्रका चर्चित गायक प्रताप दास र एलिना चौहानको सुमधुर युगल स्वर सुन्न सकिन्छ।

विशाल घिमिरेको निर्देशनमा तयार यस भिडियोमा एलिना र प्रतापसँगै बाल कलाकारहरूको समेत आकर्षक अभिनय रहेको छ। रिलिज भएलगत्तै यस गीतले दर्शक तथा श्रोताबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply