5
(1)

जेठ ७, सुनसरी संबाददाता । धरान स्थित पब्लिक मा बि फुस्रेका बिधार्थीहरुलाई जानकारी दिने उद्धेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले एकदिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बिधालयका पूर्वबिधार्थी एवं ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुबास केसीको उपस्थितिमा ट्राफिक प्रहरीहरू मार्फत सचेतना सम्बन्धि श्रब्य दृश्य प्रस्तुत भएको थियो।

बिधालयका कक्षा ९ र १० मा अध्ययनरत ७५ जना बिध्यार्थीहरुलाई सुरक्षित सडक प्रयोग सम्बन्धी ट्राफिक नियम लगायत बाटो काटदा, मोटरसाइकल चढ्दा कुदाउदा ध्यान दिनुपर्ने आदि कुरामा जानकारी दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ।सो कार्यक्रममा बिधार्थीहरुलाई ट्राफिक नियमबारे जानकारी दिएकोमा प्रधानाध्यापक पुरूषोत्तम शर्मा निरौलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.