5
(1)

जेठ २५ , २०८१ धरान संबाददाता। आज एक कार्यक्रमको आयोजना गरि सब डिभिजन बन कार्यालय बिष्णुपादुका सुनसरीले धरान १३ स्थित पब्लिक माध्यमिक बिधालय फुश्रेलाई आठ थान ठूलो डस्टबिन र कमजोर आर्थिक अवस्थाका बिधार्थिलाई २२ थान पोशाक लगायत शैक्षिक सामाग्री सहयोग गरेको छ।

बिधालयको प्रधानाध्यापक पुरूषोत्तम निरौलाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी बन अधिकृत बिक्रम अमात्य, अतिथिमा बन रक्षक बाबुराम खत्री, लता मौर्य, कल्पना यादव, ईको प्रतिनिधि शिक्षक बिजयकमल राई लगायत थिए।कार्यक्रमको उपादेयता तथा स्वागत मन्तब्य बिजयकमल राईले गरेका थिए।

आजै पब्लिक ईको क्लव पनि गठन गरिएको थियो ।जसको सभापतित्व मिल्सन राई कक्षा दस रहेका थिए भने उपाध्यक्ष रिवाज राई (९)सचिव गरिमा राई (९सह सचीव सक्षम शाही ((१०) कोषाध्यक्ष नुमाहाङ राई(९)तथा सदस्य हरू प्रशान्त राई(१०)देविका राई (९)कृजन सुनुवार (९) सृजना राई(८) दिब्या राई(८) सबिन लिम्बू (८) रहेका थिए यसैगरी ईको क्लवको फोकल पर्शन शिक्षक बिजयकमल रहेका थिए भने संरक्षकमा बिधालयकै प्रधानाध्यापक निरौला रहेका थिए ।उक्त कार्यक्रम मा बन सम्बन्धि सचेतना गीत सोही बिधालयको कर्मचारी प्रफुल्ल भण्डारी लेगरेका थिए भने कार्यक्रम को सन्चालन अङ्ग्रेजी बिषय शिक्षक गजेन्द्र दाहाल ले गरेका थिए।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.