5
(1)

गायक वाङ्देन शेर्पाले आफ्नो नयाँ गीत ‘टाढा टाढा’ को आधिकारिक भिडियो सार्वजनिक गरेका छन्, जसमा उनले गायीका प्राजिनासँग पहिलो पटक सहकार्य गरेका छन्। यो सहकार्य उनलाई निकै विशेष र नयाँ अनुभव भएको बताउँदै, वाङ्देनले यस गीतलाई आफ्नो हृदयको नजिकको प्रोजेक्ट भएको बताएका छन्।

गत वर्षको लोकप्रिय गीत ‘तिमी नाच न’ ले दर्शक-श्रोताको मन जितेपछि, यो दशैंमा ‘टाढा टाढा’ मार्फत वाङ्देनले फेरि नयाँ जादू सिर्जना गर्ने आशा राखेका छन्। उनले भनेका छन्, “यो गीतलाई तपाईका रात्रीकालीन यात्रामा, दशैंका यात्राहरूमा, तासको रमाइलो खेलहरूमा र हर्षोल्लासपूर्ण क्षणहरूमा स्वागत गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु।”

वाङ्देन शेर्पाको ‘टाढा टाढा’ गीतले तीन हप्ता भन्दा कम समयमै ११ लाखभन्दा बढी भ्युज पाउन सफल भएको छ।

‘टाढा टाढा’ को भिडियोमा वाङ्देन र प्राजिना मुख्य भूमिकामा देखिएका छन् भने इसा थापाले सहयोगी भूमिका निभाएकी छिन्। भिडियो चिनोएटेल्स टिमले निर्देशन गरेको हो, जसको निर्देशन रुस्टर ले गरेका छन्।

लैजाऊ न तिमी मलाई टाढा टाढा
डाँडा काँडा पारा
डाँडा काँडा पारा
टाढा टाढा

लैजाऊ न तिमी मलाई टाढा टाढा
डाँडा काँडा पारा
डाँडा काँडा पारा
टाढा टाढा

डाँडा पाखा अनि तिम्रा आँखा पनि
संगै जाने हो कि
भागेर पारा पारा

मीठा कुरा गरम न
सबै पूरा गरौं ला
तिमी र म हामी
कहिले जाने? सबै छाडेर

सम्हाली राख न
अँगाली अँगालेर
सम्हाली राख न

लैजाऊ न तिमी मलाई टाढा टाढा
डाँडा काँडा पारा
डाँडा काँडा पारा
टाढा टाढा

लैजाऊ न तिमी मलाई टाढा टाढा
डाँडा काँडा पारा
डाँडा काँडा पारा
टाढा टाढा

आऊ भागेर जुम न
सब छाडेर जुम न
मन बढाएर हुन्न
आऊ न आऊ न न

यसरी, गरिदेऊ न माया तिमी बेसरी
भनिदेऊ न मनका कुरा के छ नि
सुन्दिन्छु सबै सबै जे छ नि के छ नि

लैजाऊ न मलाई
ओ तिमी लैजाऊ न
लैजाऊ न मलाई

लैजाऊ लैजाऊ

लैजाऊ न तिमी मलाई टाढा टाढा
डाँडा काँडा पारा
डाँडा काँडा पारा
टाढा टाढा

लैजाऊ न तिमी मलाई टाढा टाढा
डाँडा काँडा पारा
डाँडा काँडा पारा
टाढा टाढा

लैजाऊ न तिमी मलाई टाढा टाढा
डाँडा काँडा पारा
डाँडा काँडा पारा
टाढा टाढा

लैजाऊ न तिमी मलाई टाढा टाढा
डाँडा काँडा पारा
डाँडा काँडा पारा
टाढा टाढा

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply