गायक एकदेव लिम्बुले “च्यान्टी मायालु” बोलको गीत हालै सार्वजनिक गरेका छन। बियोंडको शब्द र संगीतमा रचीएको यो मन छुने गीत पहिलो दिन यूटूबमा दुई लाख माथि हेरीएर चर्चामा आएको छ।
निकै मर्मस्पर्शी कथा लिएर बनाईएको म्यूज़िक भिंडियोंमा एकदेवको साथ प्रिया लिम्बुको अभिनय उत्कृष्ट रहेको छ भने यसको निर्देशन साम्टेंन भूटियाले गरेका हुन।
एकदेवको गीतहरु अत्यधिक रुचाईएका छन। उनको केही महीना अघि आएको “आखामा आउने सपनी” बोलको गीत डेढ करोड माथि यूटूबमा हेरीएर चर्चामा आएको थियो।