4.3
(6)
"अष्ट्रेलियाको ट्रेन"/ अस्मितको यूटूब चैनलबाट साभार

यो साता टिकटकमा कविता वाचन “अष्ट्रेलियाको ट्रेन” तीस लाख नजिक हेरीएर चर्चामा रहेको छ। केही महीना अगाड़ी अष्ट्रेलिया अध्ययन गर्न गएका अस्मित रेग्मीले नेपाली लाईभसंग भने- ” यो कविता मेरो आफ्नो कथा हो। मैले मेरो परिवार बिछोडको पीड़ा यहाँ ब्यक्त भएको छ।”

टिकटक लाइभमा कविता “अष्ट्रेलियाको ट्रेन” बारे थप बताउदै अस्मित

अस्मितले “अष्ट्रेलियाको ट्रेन” कबितामा कल्पना र यथार्थ बिचको सामीप्यताबारे भने – ” अष्ट्रेलियामा जो १५ घण्टा भन्दा बढ़ी दैनिक काम गर्छ, उसले यो महशुस गर्छ। काम गर्दा र सुत्दा दिन सकिन्छ। अनि साथीभाई परिवारलाई दिने समय नि हुदैन। अनि त्यों ट्रेनको यात्रा, जहाँ हामी परिवार र साथीसंग कुरा गर्छौ। प्रत्येक दिन उसले हामीलाई देख्छ र भित्रबाट महाशुस गर्छ। हो, त्यों एक्लोपन बुझ्ने निला सीटहरु भएको ट्रेनसंगको मनोवाद पनि हो यो। किन कि उ पनि एक्लो छ।”

अस्मितको टिकटक (@asmit2019) मा पचासौ हज़ार फलोअर्स रहेका छन्। बिगत एघार बर्ष देखी कविता कोरीरहेका उनले अर्को टिकटकमा चर्चित कविता “मिसन अष्ट्रेलिया” मा भनेका छन् –

कमाएर घर फर्किन्छौ ? सबले जम्मा भन्छ।

नकमाई घर फर्किन्छौ, सबले निकम्मा भन्छ।।

“मिसन अष्ट्रेलिया” / अस्मितको यूटूब चैनलबाट साभार

Average rating 4.3 / 5. Vote count: 6

No votes so far! Be the first to rate this post.