0
(0)

विनय राज पौडेलको निर्देशनमा बनेको नेपाली चलचित्र ‘अक्षरा’ आगामी भदौ २६ गते देखि सिनेमाघरमा प्रदर्शन हुने भएको छ। उग्रसेन धुंगाना र सुग्रसेन धुंगानाको निर्माण रहेको चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुषिल पोखरेल, पुष्कर राउत, रिस्ता बस्नेतलगायत कलाकारको अभिनय छ।

चलचित्रको प्रदर्शनअघि ‘नचाऊँन बरी लै’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। समीक्षा अधिकारीको स्वर, सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको गीतमा न्यान्सी खड्का, रिस्ता बस्नेतलगायतको प्रस्तुति देख्न सकिन्छ। गीतमा तीजको उत्सवमय वातावरण, नृत्य र आकर्षक प्रस्तुतिलाई प्राथमिकता दिइएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.

Add comment

Leave a Reply