5
(1)

अहिले गीत चर्चामा आउन सकेन भने सम्झनु टिकटकमा भाईरल पो भएन कि! यो अनुभव रहयो “बतास” बोलको गीतलाई। गीत एक महीना अघि रिलीज़ भए पनि खासै चर्चा भएन, हेरीएन। गत साता यो गीतको डान्स स्टेपमा टिकटकमा लाखमाथि भिडियो भाईरल भयो। अनि गायक शाश्वत खड़कालाई खोज्दै एक्कासी यूटूबमा दर्शकको ओईरो आउन शुरू भयो। अहिले ४५ लाख यूटूब भ्यूज सहित ट्रेण्डिङमा आइरहेको छ यो गीत।

गायक शाश्वत खड़का भारतमा इंजीनियरिंग पढ़ीरहेका छन। बिदामा एक हप्ता नेपाल आएको बेला कोरोनाले रोक्यो फ़र्क़न। अनि फुर्सत गीतमा बतासियो ।सबैको मन पराईको गीतले नसोचेको सफलता दिलायो २० वर्षको कलिलो ठिटोलाई। फेरि फरक तरीक़ाले गाएको फ़ास्ट गीतमा मंत्रमुग्ध पार्ने स्वर पनि रहेछ उनको। आशा गरौ उनी नेपाली गीत संगीतमा अझ धेरै कर्णप्रिय गीतहरु दिउन, बतास आए झै नहराउन।

सिनेपाटी अनलाइनसंग कुरा गर्दै शाश्वत

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.