हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’को प्रदर्शन मिति परिवर्तन भएको छ। यसअघि भदौ १९ गते देखि नेपालसहित विश्वभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब मंसिर २४ गते देखि प्रदर्शनमा आउने भएको छ।
रसुवामा आएको विनाशकारी बाढीपहिरो तथा त्यसबाट सिर्जित राष्ट्रिय मानवीय संकटप्रति ऐक्यबद्धता जनाउँदै फिल्मको प्रदर्शन मिति सारिएको निर्माण पक्षले जनाएको छ।
सञ्जीव थापाको शब्द रहेको गीतमा हरि लम्सालकै संगीत, स्वर तथा संगीत संयोजन रहेको छ। उदयराज पौडेलले संगीत उत्पादन गरेका छन्। गीतमा भुषण खतिवडा, आरसी रिमाल, दीप्ता तामाङ र अनुमाले कोरस दिएका छन्।
फिल्ममा सुहाना थापा, दिव्यदेव पन्त, झरना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, माओत्से गुरुङ र अनिल बुढाथोकीलगायत कलाकारको अभिनय छ। केकी अधिकारीको अतिथि भूमिका रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म भदौ १९ अर्थात् सेप्टेम्बर ४ देखि नेपालसहित विश्वभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्मका निर्माता वसन्त लम्साल हुन्।

Add comment