0
(0)

१२ बर्षीय चर्चित दोहोरी गायिका कमला घिमिरेको पहिलो तीज गीत “लरिलरि लै रुन्छु बरिलै” यो महीना यूटूब ट्रेण्डिंङमा छ । अर्का गायक खेम सेंचुरीको स्वर र संगीत तथा नेत्र आर्यालको शब्द रहेको यो गीत “शुभारम्भा डिजिटल म्यूज़िक” यूटूब चैनलमा एक महीनामा ६० लाख यूटूब भ्यूज नाघेको छ । संगै रिलीज़ भएकामध्ये “बीच बीचमा-२” पहिलोमा रहेको छ भने त्यसपछी दोस्रो ट्रेण्डिंङमा “लरिलरि लै रुन्छु बरिलै” र तेस्रोमा “के माया लाग्छ र?” रहेको छ ।

सानो उमेरमै टीभी कार्यक्रम “इंद्रेणी”बाट गीति क्षेत्रमा देखीएकी उनी हाल चर्चित दोहोरी गायिकाको रुपमा परिचित छिन । उनको पछिल्लो दोहोरी गीतमध्ये यूटूबमा “चिया छानेको” एक करोड़ ५८ लाख पटक, , “ज़िन्दगी” ६२ लाख पटक, र “One Two वान टु” ५० लाख पटक हेरीएको छ ।

एसो त कमला टिकटकमा समेत पपुलर छिन । उनको टिकटक (@kamalaghimire93) ले ३५ लाख लाइक्स कमाईसकेको छ । हेरौ उनका केही पपुलर टिकटक “गोलों अनलाइन टीभी” यूटूब चैनलले सेयर गरेको भिडियोमा –

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.