चर्चित अभिनेत्री मनीषा कोईरालाको स्वरमा “महामृत्युंजय मन्त्र” बोलको संस्कृत भाषामा यसै साता सार्वजनिक गीत यूटूबमा दश लाख भन्दा बढ़ी हेरीएर चर्चामा छ।
क्यान्सर उपचारको बेला महामृत्युंजय मन्त्रले आफ्नो जीवन रक्षा गर्न आत्मशक्ति प्रदान गरेको मनीषाले गीत सार्वजनिक कार्यक्रममा हालै व्यक्त गरेकी छन।
सुरसुधा सांगीतिक समूहका सुरेन्द्र श्रेष्ठको स्वर संगीत समेत रहेको यो गीतमा सरस्वती खत्रीले समेत स्वर दिएकी छन।
ॐ त्र्य॑म्बकं यजामहे सु॒गन्धिं॑ पुष्टि॒वर्ध॑नम्
– महामृत्युंजय मन्त्र
उ॒र्वा॒रु॒कमि॑व॒ बन्ध॑नान् मृ॒त्योर्मु॑क्षीय॒ माऽमृता॑॑त्
टाइम्स म्यूज़िक स्पिरिच्युएल यूटूब चैनलमा सार्वजनिक यो भिंडियोंको निर्देशन अनुप सापकोटाले गरेका हुन।