5
(1)

यसै साता सार्वजनिक “रेलको बाटो” बोलको गीत अहिले चर्चामा छ। सूरज पण्डितको स्वर र संगीत तथा लेखराज गिरीको शब्दमा सार्बजनिक भएको यो गीत केरूङ-काठमाण्डौ बिच रेलमार्ग निर्माणको सपना सरकारले बाड़ेको समाचारबाट सुरु गरीएको छ।

बिकट गाउहरूमा अझै पनि कुनै पनि बिकासको छनक नपुगेको गीति कथा मार्फ़त उजागर गरीएको छ। सवारी साधनको रूपमा खच्चर, घोड़ा पाउन पनि मुस्किल छ। जनताहरूको रहर त सिटामोल खाने छ, उपचारको लागी सदरमुक़ाम जाने छ, अनि रेलको सपना कहिले पूरा होला भनि निर्देशक लक्ष्मण सुनारले भिडियोमा प्रश्न उठाएका छन।

चिरंजीबी सापकोटा, सरस्वती खत्री, लक्ष्मण देवकोटाको उत्कृष्ट अभिनय रहेको यो गीत यूटूबमा तीन लाख माथी हेरीएको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.