5
(3)


धरान समाचारदाता। बिगत बर्ष झै हरेक लक्ष्मीपूजाको दिन गरिदै आएको लक्ष्मी जयन्ती समारोह यसपटक पनि सुनसरी धरानमा एक भब्य कार्यक्रम बिच महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरी मनाईएको छ।

धरान लक्ष्मीचोक स्थित महाकविको शालिकमा पुष्पगुच्छा माल्यार्पण अर्पण गरी ११५ औ लक्ष्मी जयन्ती समारोह शुभारम्भ भएको थियो।पुष्पराज ढकालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा पुर्विय क्षेत्रका विद्वान नेपाल संष्कृत बिश्वबिधालयको पुर्व शिक्षाध्यक्ष ९६ बर्षिय पुरूषोत्तम भट्टराई रहनु भएको थियो भने अन्य अतिथिमा कवि बम देवान, शरण राई, सिद्दिकर्ण शर्मा, पुर्ण बहादुर गुरूङ, प्रा. डा. गोपाल भण्डारी, प्रा. डा. टङक न्यौपाने, गोबिन्द तिम्सिना, कुन्ता शर्मा, अम्बिका शाक्य, भीष्म काफ्ले, टोमप्रसाद आचार्य लगायत रहनुभएको थियो ।

उक्त कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा परिचर्चा डा गोपाल भण्डारी र डा सुबास न्यौपानेले गर्नुभएको थियो। उक्त कार्यक्रममा साहित्यकार दिङलाली कान्छो कवि दिनेश सुवेदी, साहित्यकार पत्रकार भारती गौतम र गजलकार परिक्रमा श्रेष्ठलाई सम्मानपत्र दोसल्लाले सम्मानित गरिएको थियो। सोही कार्यक्रममा राजिव आचार्य, तिर्थ निरौला, अम्बिका शाक्य, बम देवान श्रेष्ठ, परिक्रमा, हिक्मत खड्का, ईन्दु योन्जनले कविता वाचन गर्नुभएको थियो। साथै कवि कलाकार प्रफुल्ल भण्डारीले महिला पुरूषको आवाजमा तिहार सम्बन्धि गीत प्रस्तुत गर्नुभएको थियो।

आयोजक लक्ष्मी बाचनालयको कार्यकक्षमा तीन घण्टा सम्म चलेको कार्यक्रमको संचालन डा. भवानिशङकर भट्टराईले गर्नुभएको थियो।

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.