5
(1)

समीर श्रेष्ठको “थामन हात” बोलको गीत केही साता अगाडी सार्वजनिक भएसंगै चर्चामा यथावत रहेको छ। हालसम्म बाइस लाख पटक यूटूबमा हेरीएको यो गीतमा समीरको साथ दृष्टि साही ठाकुरीको अभिनय रहेको छ।

“थामन हात यो तिमी मेरो, राख्ने छु तिमीलाई म अँगालोमा बेरी यो

खाउन कसम नछोडिने कहिले, जुनी भरीको लागि साथ दिन्छु म देखि अहिले

ब्यस्त हुन्छु आज भोलि तिम्रै कल्पनामा, अड्केको छ मन यो मेरो तिम्रो हासोमा

रोकिदिउला यो समय एउटा तस्बिरमा, सहारा बन्ने छ यी यादहरू बुढेसकालमा

तर तिमी बहाना बनाई रहेछौ, किन म बाट एक्कासि टाढिन

थाहै होला तिमीलाई म छाडदिन, यति छिटो हार म खादिन

अर्कै बहाना छ कि छैन, तिम्रो लैजान्छु अब तिमीलाई संसार मेरो

जहाँ हामी दुई मात्र हुने छौ अँगालोमा बेरी बसेको

ढलेको घाम हेरी हासेको, त्यसैले आउ समाउ यी हात मेरो

थामन हात यो तिमी मेरो, राख्ने छु तिमीलाई म अँगालोमा बेरी यो

खाउन कसम नछोडिने कहिले, जुनी भरीको लागि साथ दिन्छु म देखि अहिले

थामन हात यो तिमी मेरो, राखने छु तिमीलाई म अँगालोमा बेरी यो”

(गीतको रचना, समीर श्रेष्ठ)

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.