“माया तितो मिठो कस्तो हुन्छ, थाहा थिएन, अहिले जस्तो पहिले यस्तो कहिले भा थिएन” भनेर चर्चित गायक संगीतकार उर्गेन दोङको नया गीत “माया तितो मिठो” यो साता सार्वजनिक भएसंगै चर्चामा आएको छ।
यूटूबमा पाँच लाख पटक हेरीने क्रममा रहेको यो गीतमा अशोक तिमल्सिना र परिना ओझाको अभिनय रहेको छ भने कथा-निर्देशन अशोकले नै गरेका छन।
उर्गेनको चर्चित गीत “टाढा भए पनि” को फिमेल भर्सन पनि सार्वजनिक भएको चार महीनामा झंडै चार करोड पटक यूटूबमा हेरीएर चर्चामा समेत रहेको छ।